२ कार्तिक २०८३, सोमबार

विभिन्न फिल्म फेस्टिबलमा उत्कृस्ट चलचित्र ‘फुर्वाः द नेचर गाइ’ सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, ३ पुस । कलाकार सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघाली लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा सार्वजनिक गरिएको छ ।

वाईके फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै रहेको छ । मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाई चित्रण गरिएको मौलिक शैलीमा निर्माण गरिएको चलचित्र ‘नेचर गाइ’लाई प्राकृति सुन्दरताले भरिपूर्ण उत्तरी धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत प्रदर्शन भएर विभिन्न विधामा अब्बल ठहरिए चलचित्रमा दिप्त प्रकाश कश्यपको पटकथा, मिन कुमार बिस्टको पार्स्व संगीत, जानु काम्बाङ लिम्बुको गीतलेखन छ ।

त्यस्तै टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप चलचित्रमा छ । चलचित्रमा बुद्ध थापाको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, बिक्रम राइको स्वर र संगीत रहेको छ ।

श्याम इंगनाम, रेजिना सावा र हिम सिंघक निर्माता रहेको चलचित्रमा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता रहेका छन् ।