२ कार्तिक २०८३, सोमबार

केकी अधिकारीलाई जन्मदिनको शुभकामना दिदै ‘सिल्ली फो’ को इन्डक्ल्याप

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिल्ली फो’को छायांकन सकिएको छ ।

चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर छायांकन सकिएको निर्माण टीमले जनाएको छ ।

केही समयदेखि चलचित्रको नेपालगञ्ज आसपासका ठाउँमा छायांकन भईरहेको थियो । कमेडी जनरामा निर्माण भएको चलचित्रले केकीलाई जन्मदिनको शुभकामनासहित इन्डक्ल्याप गरेको हो ।

चलचित्रमा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायत कलाकारको अभिनय छ । यही चलचित्रबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको चलचित्रमा रबी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

चलचित्रका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।