
सुनसरी, २ पुस । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटेल एण्ड लजमा वेश्यावृत्ति गराउने गरेको खुलासा भएको छ ।
विभिन्न स्रोतहरूको सूचनाका आधारमा प्रहरीले गोप्य अनुगमन गर्दा सो कुराको पुुष्टि भएको हो । उक्त होटेल एण्ड लजमा महिलाहरू राखी वेश्यावृत्ति गर्ने/गराउने गरेको प्ररहीले दुई जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ का २० वर्षीय मिनराज पराजुली छन् । उनीहरूले उक्त होटेल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटेलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेकाहरूउपर मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















प्रतिक्रिया