१० कार्तिक २०८३, मंगलबार

कांग्रेसका पाँच सहमहामन्त्री मुस्लिम, मधेसी र खसआर्यको मतगणना शुरू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि आज मतगणना सुरू भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मुस्लिम, मधेसी र खसआर्य सुरू भएको हो । थारू र पिछडिएको क्षेत्रको केही बेरमा शुरू हुँदैछ।

क्लस्टरअनुसार फरक–फरक ठाउँमा मतगणना सुरू भएको छ । कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ । अबेर राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी÷जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।

खस आर्यको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् । त्यस्तै थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छन् । उमाकान्त देउवा समूहका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन् ।

मुस्लिमतर्फ देउवा समूहबाट फर्मुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतनाथ बराल उम्मेदवार छन् । शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

मधेसीतर्फ देउवा समूहका महेन्द्र यादव, कोइराला समूहका रञ्जित कर्ण र निधि प्यानलबाट रामकृष्ण यादव उम्मेदवार छन् ।