
काठमाडौं, २ पुस । नयाँशक्ति पार्टीले नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएको छ ।
बधाई ज्ञापन गर्दै सो पार्टीले नेपाली समाजलाई उन्नत लोकतान्त्रिक पद्धतिमा लैजानका लागि थापा र शर्माको योगदान महत्वपूर्ण रहनुपर्ने सुझाव समेत दिएको छ ।
कांग्रेसका दुई लोकप्रिय युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन् । कूल खसेको ४६८२ मतमध्ये गगन थापाले मत ३०२३ मत पाएका छन् । भने अर्का निर्वाचित शर्माले १९८४ मत पाएका छन् ।
संस्थापन देउवा पक्षको संगठित भोट राम्रो भए पनि लोकप्रिय भएकै आधारमा गगन र विश्वप्रकाशलाई यसपटक महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीमा विजयी गराएका छन् ।
नयाँशक्ति पार्टीका संयोजक रविकिरण हमालले महामन्त्रीमा निर्वाचित थापा र शर्माले नेपाली काङ्ग्रेसमा उन्नत लोकतान्त्रिक पद्धति बिकास हुने आशा व्यक्त गरेका हुन् ।
किरणले संविधानको कार्यान्वयन सँगसँगै यसको विकासलाई गति दिनका लागि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाली समाजलाई लोकतान्त्रिक, सभ्य, उन्नतिशील र आशावादी बनाउँदै हाम्रो स्वाभिमान र अस्तित्वलाई विश्व समुदाय सामु उचो बनाउने कुरामा हामी आगामी केही दशक सहकार्य गर्दै आआफ्नो प्रयत्न जारी राखौं ।’















प्रतिक्रिया