२ कार्तिक २०८३, सोमबार

नेपाली कलाकारको हलिउड मुभी ‘फाइट अफ फ्युरी २’ को फर्स्ट लुक सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, २ पुस । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि. केसीको हलिउड मुभी ‘फाइट अफ फ्युरी २’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन् । चर्चित अभिनेता ब्रुसलीको चलचित्र ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘फाइट अफ फ्युरी २’ मा लियो फ़ोङ्ग, जोस्फ़ माइकल, एमएमए फाइटरलगायत हलिउडका कलाकारको अभिनय समावेश छ ।

अंग्रेजी भाषामा बनेको चलचित्र नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गर्ने तयारी छ ।

एक्सन जनराको मुभि ‘फाइट अफ फ्युरी २’ मा ह्युमन ट्राफिकिङको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए । बलिउडका चर्चित कलाकारहरु गोबिन्दा, मिथुनका फिल्महरुमा काम गरिसकेका शन्नी बि. केसीले केहि वर्षअघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए ।

हिन्दी चलचित्र जाहवाज, गैरकानुनी, प्यार कर के देखो, हत्या, दुश्मनलगायत चलचित्रमा आफ्नो अभिनय कौशल प्रदर्शन गरिसकेका केसीको हलिउड चलचित्र ‘फाइट अफ फ्युरी’ प्रदर्शन भइसकेको छ ।

‘फाइट अफ फ्युरी २’ लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स, एमाजोन प्राइमसँगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए । चलचित्रमा समावेश गीत तथा ट्रेलर आउने साता सार्वजनिक गरिने निर्माण टीमले जानकारी दिएको छ ।