१० कार्तिक २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले के–के गर्‍यो निर्णय, आज सार्वजनिक गरिँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेकपा एमालेले केन्द्रीय मिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गर्ने भएको छ ।

गत शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न लागिएको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्ने तयारी छ ।

चितवनमा गत मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।