
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगन कुमार थापाले मतान्तर बढाउँदै लगेका छन् ।
उनलाई विश्व प्रकाश शर्माले पछ्याइरहेका छन् । हालसम्म ३ हजार ८९० मतगणना भएको छ । जसअनुसार गगन कुमार थापाले २ हजार ५१२, प्रकाश शरण महतले १ हजार २९२, प्रदिप पौडेलले १ हजार १६१, मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका छन् ।
त्यस्तै जितउन्मुख रहेका प्रत्याशी विश्व प्रकाश शर्माले १ हजार ५९७ मत पाएका छन् ।
कांग्रेसको विधानबमोजिम महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने छन् । तर, महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन् ।
त्यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् ।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन् ।















प्रतिक्रिया