
काठमाडौं, १ पुस । उपन्यास ‘एक चिहान’लाई यही पुस ३ गते शनिबारदेखि रङ्गमञ्चमा हेर्न पाइने भएको छ ।
उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रुपान्तरण गरिएको छ । यसलाई रमेश बिजीले नाट्य रुपान्तरण गरेका हुन् । एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरि मञ्चन शुरू गर्दैछ ।
‘एक चिहान’को मञ्चन ३ पुसदेखि ९ पुससम्म हुँदैछ । मुलतः विद्यार्थीहरूलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिन लागिएको हो ।
यसलाई सात दिनसम्म दैनिक बिहान ८ बजे, बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ । कक्षा १२ तथा स्नातकका विद्यार्थीहरूका लागि सम्बन्धित स्कुल तथा कलेजले पूरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ ।
यो उपन्यासलाई नाटकको रुपमा अग्रज नाट्यकर्मी वीरेन्द्र हमालले निर्देशन गर्दैछन् । यतिबेला नाचघरमा एक चिहानको नाट्य अभ्यास भइरहेको छ ।















प्रतिक्रिया