१ कार्तिक २०८३, शनिबार

चुनौतीपूर्ण यात्रामा सभापति देउवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । १४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ ।

सरकार र पार्टीको नेतृत्वमा रहेका उनलाई अब पार्टी राजनीति र सत्ता राजनीति एकसाथ अघि बढाउनुपर्ने मुख्य चुनौती छ ।

महाधिवेशनबाट पार्टीभित्र बलियो उपस्थिति देखाएको इतर समूहको मत सम्बोधन र आफ्नै समूहका नेताको व्यवस्थापन गरेर अघि बढ्नुपर्ने चुनौती देउवासमक्ष छ । महाधिवेशनको उद्घाटन सत्रमा उनले सभापति जिते तीनै तहको चुनावमा पार्टीलाई पहिलो बनाउने उद्घोष गरेका थिए ।

विश्लेषक कृष्ण पोखरेलले आमजनताको त्यति धेरै अपेक्षा नभए पनि कांग्रेसजनमा भने देउवाले आमनिर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने अपेक्षा रहेको बताए । ‘आमजनतामा नहोला, तर कांग्रेसभित्रै हिजोको पराजयको जिम्मेवारी देउवाको भएकाले अब त्यो अपजसलाई मेट्नुपर्ने मुख्य चुनौती उनका सामु छ,’ पोखरेलले भने, ‘कांग्रेसका लागि अहिलेको निर्वाचन अनुकूल देखिएको छ । त्यसैले तीनवटै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अवसर पनि छ । उनी स्वयंले पनि यो भनेका छन् ।’ आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले समाचार लेखेका छन् ।