आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

क्रिकेट टोलीको कप्तानमा सन्दिप लामिछाने नियुक्त

दैनिक नेपाल २०७८ मंसिर २९ गते २१:०५

काठमाडौँ, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा सन्दिप लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

वुधबार बसेको क्यानको बैठकले यस्तो निर्णय गरेको हो । अनुशान उल्लंघन गरेको ठहर भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेपछि नयाँ कप्तानमा लामिछानेलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

त्यस्तै, संघले मल्ल र सिंहसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई​ २०२२ को सेन्टर्ल कन्ट्रयाक्टमा सहभागी नगराउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित