आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अनुशासन उल्लंघन गरेको ठहर गर्दै क्यानले हटायो क्रिकेटका कप्तान र उपकप्तानलाई

दैनिक नेपाल २०७८ मंसिर २९ गते १९:४५

काठमाडौँ, २९ मंसिर । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई हटाउने निर्णय गरेको छ ।

क्यानको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

क्यानले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा हटाउने निर्णय गरेको क्यानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, क्यानले मल्लको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गर्ने पनि निर्णय गरेको छ ।

संघले मल्ल र सिंहसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई​ २०२२ को सेन्टर्ल कन्ट्रयाक्टमा सहभागी नगराउने पनि निर्णय गरेको छ । संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।​

प्रतिक्रिया
सम्बन्धित