
काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिका लागि भएको निर्वाचनमा धनराज गुरुङको अग्रता देखिएको छ ।
हालसम्म १२ सय मतगणना हुँदा उनको अग्रता देखिएको हो । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा गुरुङको अग्रता देखिएको छ ।
महाधिवेशनमा उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।
हालसम्म १२०० मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४८५ मत, पूर्णबहादुर खड्काले ४९० मत, चन्द्र भण्डरीले ४५० मत र धनराज गुरुङले ५०२ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया