
काठमाडौं, २९ मंसिर । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ‘कोर्पोरेट लन्चअफर’ ल्याएको छ ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कोर्पोरेट लन्चअफर ल्याएको हो ।
काठमाडौँ उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडसले यस अफरसँगै, अरु विभिन्न अफर समेत ल्याएको छ ।
लस्कर फुड्सको प्रमुख आकर्शन नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौँ उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरी प्रति आमनागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघी सारेको हो ।
बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरु भन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।
प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ९८८६५३८२६०, ९८२४११६९२६ सेवाको बारेमा बुज्न सकिने कम्पनीका निर्देशक समीर चौलागाईं बताउँछन् ।















प्रतिक्रिया