
पोखरा, २९ मंसिर । चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन् ।
रामहरि खड्काको शब्दरचना, निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत ‘दोधारे’को भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, अशिमा बस्नेतको अभिनय छ ।
शनिबार पोखरामा एक कार्यक्रम गरी ‘दोधारे’ भिडियोलाइ सार्वजनिक गरिएको थियो । धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ ।
सुन्दर माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा छायांकन गरिएको भिडियोको खिचाइ प्रशंसा गर्नलायक छ जसमा प्रकाश गुरुङको सिनेमाटोग्राफी, सुरेन्द्र तिवारीको ड्रोन, कलर ग्रेडिंङ र ओम प्रकाश गुरुङको सम्पादन र निर्देशन छ ।















प्रतिक्रिया