आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बार्सिलोनालाई हराउँदै बोका जुनियर्सले जित्यो म्याराडोना कपको उपाधि

दैनिक नेपाल २०७८ मंसिर २९ गते ८:३४

काठमाडौं, २९ मंसिर । क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ ।

हिजो मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो । साउदी अरेवियास्थित रियादमा रहेको किङ साउद युनिभर्सिटी स्टेडियम भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिदा खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । जसमा बोका जुनियर्सले बाजी मारेको हो ।

पेनाल्टीमा बोका जुनियर्सका मार्कोस रोजो, कार्लोस रोबर्टो इजक्वाएरडोज, क्रिस्टियन पाभोन र आरोना मोलिनासले गोल गरे । बार्सिलोनाका ड्यानी आल्भेस र फेरान जुट्ग्लाले गोल गर्दा म्याथिअस पेरेइरा र गुइलेम जेइमीले गोल गर्न सकेनन् ।

त्यसअघि प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा फेरान जुट्ग्लाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा एक्सक्वेल जेवाललोसल गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले फ्रान्क फाब्राको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल ट्राइबेकरमा लम्बिएको थियो । जसमा बोका जुनियर्सले बाजी मार्न सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित