
काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा २५ सय मत खसेको
छ ।
राजधानीको राष्ट्रिय सभागृहमा साढे ३ बजेदेखि सुरु मतदानमा २५ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत प्राप्त नभएपछि दोस्रो चरणको निर्वाचन भएको हो । यस चरणमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् ।















प्रतिक्रिया