१ कार्तिक २०८३, आइतबार

काँग्रेस महाधिवेशनः दोस्रो चरणको निर्वाचनमा १५ सय मत खस्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा १५ सय बढी मत खसेको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा अपराह्न साढे ३ बजेदेखि जारी मतदानमा १५ सय मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत बहुमत पुग्न नसेकेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । यस चरणमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।