१ कार्तिक २०८३, आइतबार

काँग्रेस महाधिवेशनः ७ सय मत खस्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको पुन निर्वाचनमा पौने ५ बजेसम्म ७०० मत खसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत संकेत गर्न छ स्थान कायम गरिएको छ ।

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएकोे हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको समय व्यवस्थापन गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।