
तुलसीपुर, २८ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुर महोत्सवलाई सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
कृषि, व्यापार र पर्यटन क्षेत्रको पवद्र्धन गर्ने उद्देश्यले तुलसीपुर महोत्सव सञ्चालन हुन लागेकाले पुस १ गते देखि सञ्चालन हुन लागेको महोत्सवलाई सहयोग गर्न राजनीतिक दल, उद्योगी, व्यापारी, विभिन्न संघसंस्था लगाएत आम नागरिकलाई उनले अपिल गरेका हुन् ।
तुलसीपुर महोत्सव शान्तिपूर्ण रुपमा सम्पन्न भएमा तुलसीपुर क्षेत्रको एकता, आपसी सदभाव भाइचारको सम्बन्धले सार्थकता पाउने अध्यक्ष घर्तीको भनाइ छ ।















प्रतिक्रिया