
काठमाडौं, २८ मंसिर । ‘स्टडी इन नेपाल’ मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।
युनिभर्सल थट कन्सल्ट (यूटीसी)ले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटीएम, बिएसडब्लु, बीबीएस, बीबीए, बीआई, बीई, बीडिएफइन, बीडिइभ्सलगायत शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने बताइएको छ ।
नेपालमै व्यवस्थापन तथा आईटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको आयोजकको दाबी छ ।
छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताए ।















प्रतिक्रिया