
बेइजिङ, २८ मंसिर । छिमेकी मुलुक चीनमा पनि कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।
चीनको झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको समाचारहरूमा उल्लेख छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको जनाइएको छ ।
पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएको छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ जना पुगेको छ ।















प्रतिक्रिया