१० कार्तिक २०८३, मंगलबार

श्रम प्रशासन सुधारका लागि आईएलओको सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक सामग्रीहरू सरकारलाई हस्तान्तरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो सोमबार आयोजित कार्यक्रममा आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई बिभिन्न सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आईएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप–प्रिन्टर लगायत सामग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दैं आएको निर्देशक होवार्डले बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थीत गर्न आईएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

आईएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्र संघको विशिष्टकृत संस्था अन्तराष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।