१० कार्तिक २०८३, मंगलबार

माओवादी केन्द्रद्वारा संसदीय बोर्ड गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रले संसदीय बोर्ड गठन गरेको छ ।

आज मंगलबार बिहान बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्ड गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन शुरू हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामी, उपसचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।