
काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पनि सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् ।
आज मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेपछि निधिले सहयोग गर्ने बचन दिएको बताइएको छ ।
देउवासँगैका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएर अगाडि बढ्ने निर्णय गरिसकेका छन् ।















प्रतिक्रिया