१० कार्तिक २०८३, मंगलबार

४०० जना नेपालीलाई डेटासम्बन्धी शीप विकास गर्न डेटा फेलोशिप सञ्चालन गरिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । ‘कोड फर नेपाल’ले डेटासम्बन्धी शीप विकास गर्न डेटा फेलोशिप सञ्चालन गर्ने भएको छ ।

तीन महिना लामो फेलोशीपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटासम्बन्धी शीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको छ । फेलोशीपले यस वर्ष ४०० भन्दा बढी नेपालीहरूको डाटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

‘कोड फर नेपाल’ नेपालमा डिजिटल साक्षरता प्रवर्धन गरी ओपन डाटाको प्रयोग बढाएर नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन सन् २०१४ मा स्थापना गरिएको स्वयंसेवकहरूको एउटा समुदाय हो । कोड फर नेपालले डेटाक्याम्पको सहकार्यमा यस फेलोशीप सञ्चालन गर्न लागेको हो ।

यस फेलोशीपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्ने छन् । साथै उनीहरुले रोजगारीका विभिन्न अवसरहरु पनि प्राप्त गर्ने छन् । फेलोशीपका सम्पूर्ण सहभागीहरुले प्राप्त गर्ने कार्यक्रमको कुल मौद्रिक मूल्य २ करोड नेपाली रुपैयाँ भन्दा बढी छ ।