१० कार्तिक २०८३, मंगलबार

काठमाडौंको तापक्रम ४.३ डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ४.६

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । काठमाडौंसहित मुलुकभर दिनप्रतिदिन चिसो बबढ्दो क्रममा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो । काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ ।

अघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो । अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ । सबैभन्दा कम तापक्रम जुम्लाको छ । महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री हुँदा अधिकतम १५ डिग्री छ ।

तराईका जिल्लामा पनि तापक्रम घट्न थालेको छ । बिहान हुस्सु लाग्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको हो । भैरहवाको न्यूनतम तापक्रम ९ डिग्री छ भने धनगढीको तापक्रम पनि ९.५ डिग्रीमा झरेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण चिसो बढिरहेको बताइएको छ ।

दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।