आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रियल र पिएसजी अन्तिम १६ मा भिड्ने

दैनिक नेपाल २०७८ मंसिर २८ गते १०:४६

काठमाडौं, २८ मंसिर । यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् ।

यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेको थियो । यूईएफएलाई स्वतन्त्र संयन्त्रले ड्रको नतिजालाई स्विकार्न नसकिने जानकारी दिएपछि पुनः ड्र गरिएको हो ।

सुरुवाती ड्र अनुसार एक आपसमा पर्न नमिल्ने टोली पनि एक आपसमा राखिएपछि समस्या आएको थियो । पुनः ड्र मा भने यूईएफएले हरेक विकल्पमा स्विकृती प्राप्त भएपछि मात्र अघि बढेको थियो ।

राउन्ड अफ १६ को नयाँ ड्र –

– बायर्न म्युनिख विरुद्ध एफसी साल्जबर्ग

– म्यानचेस्टर सिटी विरुद्ध स्पोर्टिङ लिस्बन

– आयाक्स विरुद्ध बेन्फिका

– लिल विरुद्ध चेल्सी

– म्यानचेस्टर युनाइटेड विरुद्ध एट्लेटिको म्याड्रिड

– युभेन्टस विरुद्ध भिल्लारियल

– लिभरपुल विरुद्ध इन्टर मिलान

– रियल म्याड्रिड विरुद्ध पेरिस सेन्ट जर्मेन

प्रतिक्रिया
सम्बन्धित