१० कार्तिक २०८३, मंगलबार

कांग्रेसको १४औं महाधिवेशन : सभापति चयन दोश्रो चरणमा जाने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनले सभापतिका कुनै पनि उम्मेदवारलाई ५१ प्रतिशत मत नदिएपछि नेतृत्व चयन दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको छ ।

पछिल्लो मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार २५८ मत पाएका छन् । त्यस्तै शेखर कोइरालाले २ हजार २५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २०, प्रकाशमान सिहंले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाएका छन् ।

अब करिब २०० को हाराहारीमा मात्रै मत गणना हुन बाँकी छ ।

परिणाम अनुसार कसैले पनि पार्टी विधानअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्ने अवस्था नरहेपछि नेतृत्व चयन अब दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको हो ।