
बागलुङ, २८ मंसिर । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५औं वार्षिक साधारणसभा तथा १६औं स्थापना दिवसका अवसरमा उक्त पुरस्कार गौतमलाई प्रदान गरिएको हो ।
आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक पत्रकार सिर्जना पन्त र पूर्व सञ्चालक सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सृजनशील पत्रकारिता पुरस्कार नगद १० हजार सहित गौतमलाई सम्मान गरिएको हो । उक्त पुरस्कार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले गौतमलाई प्रदान गरेका हुन् ।
पुरस्कारको राशी १० हजार रुपैयाँ छ ।
पुरस्कृत गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत हुन् । एक दशकदेखि म्याग्दीबाट पत्रकारितामा सक्रिय गौतमले परोपकारी पत्रकारितामा जोड दिदै आएका छन् । उनी न्यूज २४ र नागरिक दैनिकमा कार्यरत छन् ।















प्रतिक्रिया