९ कार्तिक २०८३, सोमबार

एमाले संसदीय दलको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा एमालेको संसदीय दलको बैठक आज मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।

संसदको अघिल्लो अधिवेशनको पूरै समय संसद अवरोध गरेको एमालेले यो अधिवेशनमा के रणनीति अपनाउँछ भन्ने चासो बढिरहेकै बेला एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

आज बैठकमा प्रस्तुत हुने रणनीति बनाउन एमालेले मंगलबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकपछि दलको रणनीति तय हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

पार्टीका तर्फबाट कारबाही गरिएका सांसदलाई पनि संसदमा राखेर अधिवेशन सञ्चालन गरेको भन्दै अघिल्लो संसद अधिवेशन अवधिभर एमालेले अवरोध गरेको थियो । अवरोधकैबीच संसदको अधिवेशन समेत सकिएको थियो ।

एमालेले अवरोध जारी राखे संसद् बैठक सञ्चालन हुन नसक्ने माओवादीका प्रमुख सचेतक देव गुरुङको भनाइ छ । यो पटक पनि एमालेले अवरोध गरेमा अधिवेशन अर्थहीन हुने उनको विश्लेषण छ ।

प्रतिनिधिसभाको १०औं र राष्ट्रिय सभाको ११औं अधिवेशन आज मंगलबारदेखि शुरू हुँदै छ ।