
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान प्रक्रियाको अहिले मत गणना कार्य भइरहेको छ ।
पछिल्लो परिणाम अनुसार काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आज मंगलबार बिहानदेखि शुरू भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।
अहिलेसम्म २ हजार १०६ मत गनिसक्दा देउवाले ९९१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७६२ र प्रकाशमान सिंहले १७४ मत प्राप्त गरेका छन् ।
त्यस्तै विमलेन्द्र निधिले १२७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ७ मत मात्र प्राप्त भएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।















प्रतिक्रिया