१ कार्तिक २०८३, आइतबार

काँग्रेस महाधिवेशनः मतदान गर्ने समय राती ९ बजेसम्म थपियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसीर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय थप गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज विहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राती ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

काँग्रेस १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।