७ कार्तिक २०८३, शनिबार

नेप्सेमा पहिरो, दुई दिनमै १६८ अंकले घट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ ।

आइतबार ८८ अंकले घटेको नेप्से परिसूचक सोमबार ७९.५७ अंकले घटेर २२८१ को बिन्दुमा अडिएको छ ।

आजको दिन १०० भन्दा बढी नेप्से घटेको थियो । आजको दिनमा विभिन्न कम्पनीका करिब ९६ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा करिब ४ अर्बको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज पनि अधिकांश कम्पनीले गुमाएका छन् । सरकारका नीति तथा राष्ट्र बैंकको मौद्रिक नीतिले पूँजीबजारलाई नकारात्मक प्रभाव पारिरहेका बेला सत्तारुढ घटक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण दुई दिनमै १५० भन्दा बढी अंकले नेप्से सूचक घटेको छ ।