७ कार्तिक २०८३, शनिबार

लगानीकर्तालाई संयमित भएर शेयरमा लगानी गर्न आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदल’ ले संयमित भएर शेयरमा लगानी गर्न आग्रह गरेको छ ।

सोमबार कार्यदलले एक विज्ञप्ति जारी गर्दै सबै लगानीकर्ताहरुलाई अत्यावश्यक नपरी शेयर बिक्री नगर्न आग्रह गरेको छ । कार्यदलका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै छोटो समयमा नै १२ खर्ब सम्पत्ति गुमिसकेको भन्दै संयमित हुन आग्रह गरेका हुन् ।

त्यस्तै, कार्यदलले अर्थमन्त्रालयले तीन वर्ष अघिदेखि गर्ने भनेको कार्यहरु पनि पूरा गर्न आग्रह गरेको छ ।

तत्कालीन सहसचिवको नेतृत्वमा पूँजी बजार अध्ययन कार्यदलले प्रस्तुत गरेका ५८ मध्ये धेरै बुँदाहरु कार्यान्वयन नभएको जनाउँदै त्यसको कार्यान्वयनका लागि पनि आग्रह गरिएको छ ।

४७ लाख डिम्याट खाताधारी तथा लगानीकर्ताहरुको छोटो समयमै १२ खर्बको सम्पत्ति गुमेको भन्दै अहिलेको संकट समाधान गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कारोबार पूर्ण रुपमा कार्यान्वयन नभएसम्म शेयर धितोमा लगानीएको सीमा हटाउन आग्रह गरिएको छ ।

यस्तो छ विज्ञप्तिः