काठमाडौं, २६ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रदेश नम्बर १ को अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।
चितवनमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतिमा केन्द्रीय सदस्य बन्न नसकेका भट्टराइलाई अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को अध्यक्ष बन्न आग्रह गरेका थिए । तर, उनले ओलीको प्रस्ताव अस्वीकार गर्दै अध्यक्ष बन्न नचाहेका हुन् ।
प्रदेश अध्यक्ष अस्वीकार गरेपछि उनलाई केन्द्रीय कमिटी सदस्य मनोनयन गर्न ओलीले केन्द्रीय कमिटीको जारी दोस्रो बैठकमा नाम प्रस्ताव गरेका छन । भट्टराई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन ।















प्रतिक्रिया