
काठमाडौं, २६ मंसिर । हिजो शनिबारदेखि काठमाडौंमा शुरू भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मनोनित केन्द्रीय सदस्यका लागि ४५ जनाको नाम सिफारिस गरिएको छ ।
केन्द्रीय कमिटीको आज दोस्रो दिन बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ जनाको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममाथि नेताहरुले आ–आफ्नो धारणा व्यक्त गर्ने क्रम शुरू भएको बताइएको छ ।
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, सचिव योगेश भट्टराईलगायतले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् । विधानअनुसार एमालेमा ३१ जना मनोनित हुने व्यवस्था छ ।
को–को हुन् त ती ४५ जना ?
सिफारिस हुनेहरूमा दल फडेरा, मानवीर राई, ऐन महर, दुर्गा, प्रसाईं, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्रि न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता यादव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा र चुणादेव सिंह छन् ।















प्रतिक्रिया