९ कार्तिक २०८३, सोमबार

पहिलो चरणको निर्वाचनमै विजयी बन्ने डा. शेखर कोइरालाको दाबी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाले पहिलो चरणको निर्वाचनबाटै आफूले जित हासिल गर्ने दाबी गरेका छन् ।

आफूसहित आफ्नो सम्पूर्ण समूहले नै विजयी हासिल गर्ने उनको विश्वास छ । महाधिवेशनमा संस्थापन इत्तर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेवारी दिएका कोइरालाले आज आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समुहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर जित हासिल हुने बताएका हुन ।

उनले विपीले परिकल्पना गरेजस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , शुशील कोइरालाले सपना देखे अनुसारको पार्टी निर्माण गर्न आफ्नो टीम सक्षम रहेको दाबी समेत गरेका छन् ।

कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो टीम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको उनको भनाइ छ । उनले उmर्जा र अनुभवसहितको आफ्नो टीम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न आम प्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।