
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए । उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेको बताइएको छ । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।
यसैबीच केन्द्रीय सदस्यमा प्रदेश २ बाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश २ क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज दिउँसो १२ः३० बजेसम्म थपिएको छ । त्यसपछि आजै अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।















प्रतिक्रिया