९ कार्तिक २०८३, सोमबार

कांग्रेसको १४औं महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय थपियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थप गरेको छ ।

यसअघि आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता वा दाबीविरोधको समय तोकिएको थियो । तर, समितिले उक्त समयलाई करिब डेढ घण्टा थप गरेर दिउँसो साढे १२ बजेसम्म तोकेको छ ।

अब १२ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिन वा दाबीविरोध गर्न सकिने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा जारी छ । नयाँ नेतृत्व चयनका लागि भोलि सोमबार मतदान हुँदै छ ।