९ कार्तिक २०८३, सोमबार

कीर्ते कागजात बुझाउने रवीन्द्र मिश्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । कीर्ते कागजात निर्वाचन आयोगमा पेश गरेको भन्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई आयोगले स्पष्टीकरण सोधेको छ ।

विवेकशील साझा पार्टीभित्रको विवाद पुनः निर्वाचन आयोगमा पुगेसँगै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । संयोजक मिश्रले गत कात्तिक ११ गते केन्द्रीय कमिटीको जुम वैठक बोलाइ पार्टीको विधान परिवर्तन गरेका थिए । उक्त वैठकको माइन्युटमा कीर्ते गरी रवीन्द्र मिश्र पक्षले निर्वाचन आयोगमा बुझाएको भन्दै असन्तुष्ट मिलन पाण्डे पक्षले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

किर्ते माइन्युटलाईनै निर्वाचन आयोगले सदर गरिदिएको आरोप लगाउँदै पाण्डेपक्षले पुनः निर्वाचन आयोगमा निर्वाचन आयोगलाई आफ्नो गल्ती सच्याउन निवेदन हालेको थियो । उक्त निवेदनउपर आयोगले मिश्रलाई स्पष्टीकरण सोधेको हो ।

मिलन पाण्डे पक्षले निर्वाचन आयोगबाट प्रमाण नपुगेको र दुईतिहाइ नरहेको कीर्ते दस्ताबेजमाथि छानविनको माग गर्दै अदालत जाने बताइसकेको छ ।