काठमाडौं, २६ मंसिर । सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौं अन्तर्राष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन् ।
अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा उनलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्रसहित पदक प्रदान गरेका हुन् ।
दुई संस्थाले विभिन्न मुलुकका पत्रकारको अवस्थाबारे अध्धयन गरेपछि देवानलाई पदक र सम्मानपत्र प्रदान गरिएको बताइएको छ । यसअघि जापान, अमेरिका जर्मन, फ्रान्स, उत्तरकोरियाका विशिष्ट व्यक्तिले अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् ।
सो विधाको पुरस्कार पाउने देवान भारतको पूर्वी असममा जन्मिएका थिए । पारम्भिक पढाइ गाउँमै गरेका देवानले सिक्किम मणिपाल युनिभर्सिटीबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।
सिक्किम राष्ट्रिय विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयको मास्टर्स अघि बढाउन नपाए पनि पत्रकारितामा कम्युनिष्ट डेभलपमेन्टका विषयमा समेत निरन्तर काम गर्दै आएका छन् ।

देवान पत्रकार मात्रै नभएर एक कुशल विषयवक्ता समेत हुन् । विगतदेखि सामुदायिक विकास पत्रकारिता क्षेत्रमा देवानको योगदान अतिनै रहेको छ । सो पुरस्कारका लागि गुवाहाटीबाट प्रकाशित हुने नेपाली भाषाको मासिक पत्रिका ‘सपरीवार’बाट उनी ‘टप १० गोर्खा अफ असम’ मा परेका थिए ।
देवानलाई सन २००९ मा आसामको राजधानी गौहाटी प्रेस क्लबको मानार्थ एसोसिएट सदस्यता दिइएको थियो । देवानलाई भारतको पश्चिम बंगालको कालिम्पोङमा ‘राष्ट्रिय उमरते पत्रकार २००९’ प्रदान गरिएको थियो । सन् २०१० मा ‘गान्तोकमा सिक्किम प्रेस क्लब’द्वारा पनि सम्मान गरिएको थियो ।
देवान नन्द किराती देवान जनसञ्चार तथा पत्रकारिता मा १५ वर्ष लामो क्यारियरका अधिकारी पनि हुन । देवानले पत्रकारिताको करियर ‘युवि न्यूज एण्ड फोटोज गुवाहाटीको समाचार एजेन्सी २००६’ मा फोटो पत्रकार सह सामग्री सम्पादकको रूपमा शुरू गरेका थिए ।
हाल देवान आसाम टाइम्स अनलाइन सामुदायिक समाचार पोर्टलको सहयोगी सम्पादकको रूपमा कार्यरत छन भने देश अनि विदेशको सञ्चार माध्यममा पनि समाचार प्रेशन गर्दै आइरहेका छन ।















प्रतिक्रिया