
काठमाडौं, २६ मंसिर । काठमाडौं उपत्यकासहित देशभर शनिबारको तुलनामा चिसो बढेको छ ।
शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री थियो ।
न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अब देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।















प्रतिक्रिया