
सिन्धुपाल्चोक, २६ मंसिर । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।
अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडीचौर र धुलिखेल अस्पताल लगिएको बताइएको छ । बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेको पहिचान खुल्न बाँकी छ ।
बलेफी–५ का स्थानीय सन्तोष भुजेलको विवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया