१ कार्तिक २०८३, आइतबार

साफ यू–१९ महिला फुटबल : बंगलादेशसँग नेपालले खेल्यो बराबरी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग बराबरी खेलेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपालले घरेलु टीमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले मौका खेर फालेको थियो । यो नतिजासँगै नेपाल र बंगलादेशले समान १÷१ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने तालिका छ ।

यस्तै नेपालले भुटानसँग १७ डिसेम्वरमा र भारतसँग १९ डिसेम्वरमा खेल्ने छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाको सहभागिता छ ।

त्यसअघि शनिबारै भएको च्याम्पियनशीपको पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।