
न्युयोर्क, २६ मंसिर । अमेरिकाको केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा परी मृत्यु हुनेको संख्या १०० पुगेको छ ।
आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ ।

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायत राज्य प्रभावित भएको समाचारहरूमा जनाइएको छ । केन्टकीमा आपतकाल समेत घोषणा गरिएको छ ।















प्रतिक्रिया