
काठमाडौँ, २५ मंसिर । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । चौतारीले राष्ट्रिय भेलाको म्याण्डेटअनुसार कमिटीलाई पूर्णता प्रदान गरेको हो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै संशोधित विधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको २०७७ माघ ८ गतेको राष्ट्रिय भेलाले बिधान संशोधनसहित केन्द्रीय कमिटी बिस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिइएको छ । भेलाले बिधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने ब्यवस्था गरेअनुसार संगठनबिरोधी गतिबिधिमा लागेर अनुशासनको कार्वाहीमा परेका पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्काशन गरी निम्न बमोजिमको केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरु कायम रहेको निर्णय भएको छ ।’
हेर्नुस् केन्द्रीय कमिटीको सूची:















प्रतिक्रिया