१९ कार्तिक २०८३, बिहिबार

पौडेल समूहले शेखरलाई उम्मेदवार बनाउने, विश्वप्रकाशलाई महामन्त्री प्रस्ताव

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, २५ मंसिर । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट ब्याक नभएपछि पौडेल आफूले उम्मेदवारी नदिने बुझिएको छ ।

जसका कारण पौडेल समूहबाट उम्मेदवार कोइराला बन्न लागेका हुन् ।

यो समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का छ । अर्को महामन्त्रीमा भने डा. मिनेन्द्र रिजाल वा विश्वप्रकाश शर्मालाई बनाउने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

केही नेताले भने शर्मालाई महामन्त्री र रिजाललाई उपसभापतिमा लड्न सुझाव दिइरहेका छन् ।

यद्यपि रिजालले महामन्त्री नपाए अन्य कुनै पदाधिकारीमा नलड्ने अडान राखेका छन् ।