२ कार्तिक २०८३, सोमबार

कर्णालीको कथा बोकेको चलचित्र ‘बुलाकी’को सुटिङ सम्पन्न

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २५ मंसिर । कर्णाली प्रदेशको जनजीवन, रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको चलचित्र ‘बुलाकी’ को छायाङ्कन सकिएको छ ।

गएको तिहारलगत्तै डोल्पाबाट शुरू गरिएको चलचित्रका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ । करिब एक महिना निरन्तर छायाङ्कन गरी युनिट हालै राजधानी फर्किएको हो ।

मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको चलचित्रको निर्देशक लक्ष्मण सुनार हुन् । चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाईं, धनबहादुर राई, कमल गाउँले,अमीत परियारलगायत कलाकारको अभिनय छ ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायाँकार शिव ढकाल हुन् । चलचित्रमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । निर्देशक सुनारले चलचित्रको छायाङ्कन निकै उत्कृष्ट तवरले गरिएको बताउँदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन् ।