
काठमाडौं, २५ मंसिर । हालै चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्णय समेटिएको ‘निर्णय–पुस्तिका’ नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।
महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष ओलीलाई बालकोटस्थित उनकै निवासमा आज शनिबार सो पुस्तिका हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा माइन्युट कमिटीका संयोजक पृथ्वीसुब्बा गुरूङ, सदस्यहरू सूर्य थापा, विष्णु रिजाल, मनोजजंग थापा, ज्वालाकुमारी साह, ठाकुरप्रसाद गैरे र गोविन्दबहादुर नेपालीको उपस्थिति थियो ।















प्रतिक्रिया